एजेन्सी – नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमणसँग जुझ्न एउटा निजी कम्पनीमार्फत् चीनसँग द्रुत परीक्षण गर्न सक्ने र्यापिड टेस्ट कीटसहितका सामग्री खरिद गर्ने निर्णय रद्द गरिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओबीसीआई प्रालिले तोकिएको समयभित्र सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको बताए।
उनले भने, ‘‘हामीले विमान पनि पठायौँ। तर उहाँहरूले तोकिएको समयभित्र हामीले जति भनेका थियौँ, त्यसको १० प्रतिशतको हाराहरीमा मात्रै सामान ल्याउनुभएको छ।’’
काठमाडौं - वासिङ्टन डिसी। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ।
करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे। तर अहिले त्यस्तो छैन। अमेरिकामा यतिबेला महिनादिन अघिको जस्तो तीब्र गतिको आर्थिक विकासको भन्दा बढी महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुदैछ।
काठमाडाैं– विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले हाल विश्व भयभित बनेको छ। गत वर्षको डिसेम्बरदेखि चीनको वुहान शहरबाट शुरु भएको कोभिड १९ ले विश्वका दुई सय तीन वटा देशमा महामारीको रुप लिएको छ। यसबाट विश्व अर्थतन्त्र ओरालो लाग्नुका साथै जनजीवन पनि नराम्ररी प्रभावित बनेको छ।
कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार ३ सय ५२ जनाले ज्यान गुमाईसकेका छन् भने ८ लाख ६० हजार ६ सय ९६ जना संक्रमित भएका छन्। नेपालमा पनि ५ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि कोरोनाको त्रास व्यापक रुपले फैलिरहेको छ।
लगभग पुरा विश्व नै कोरोनाबाट संक्रमित भईरहेको अवस्थामा म सबैभन्दा पहिला प्रधानमन्त्री ज्यूको सुस्वास्थ्यको कामना गर्दछु। केहि दिनअघि मात्र शरिरमा दोश्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका कार्यकारी प्रमुखलाई अहिले पनि बेलाबेलामा स्वासप्रस्वासमा समस्या भईरहेको छ। नियमित चेकजाँच र डाइलासिस गराउनु उहाँको शरिरको आवश्यकता हो।
आशा छ, प्रधानमन्त्रीज्यूलाई स्वस्थ राख्न चाहिने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी, डाईलासिस मेशिन र अन्य उपकरणहरु चुस्तदुरुस्त र पर्याप्त मात्रामा उपलव्ध होला।
काठमाडौं– उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ। मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ। धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो। अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताएका छन्। ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी दिएका छन्। अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ।
काठमाडौं– नेपाल एयरलाइन्स आज पहिलोपटक अस्ट्रेलिया जार्दै छ। २ सय ६४ यात्रु बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अाज बुधबार साझ ५ः३० मा अस्ट्रेलिया उड्दैछ। जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो। इतिहासमै पहिलोपटक नेपाल एयरलाइन्स अस्ट्रेलियाली उडान हुन लागेको हो।
काठमाडौं – लकडाउनको आज नवौँ दिन। कोरोना महामारीको संक्रमणबाट जोगिन लकडाउन आवस्यक भएपनि त्यसबाट आम जनजिवन कष्टकर बन्दै गएको छ। सरकारले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिने बाचा गर्दै आएपनि व्यवहार फरक छ।
बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव देखिन थालेको छ। बुधबार राजधानीको चावाहिल क्षेत्रमा आधा सिलिण्डर ग्यास लिन राखिएको खाली सिलिण्डरको लामै लाईन देखिन्थ्यो। ‘‘ग्यास बाँड्दैछ भन्ने थाहा पाएर लिन आएको’’, खाली सिलीण्डरको छेवैमा उभिएकी अनिता कार्की भन्छिन्, ‘‘यस्तो लामो लाईन होला भन्ने त सोचेकै थिईन।
काठमाडौं – बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन्।
काठमाडौं– नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच–पाँच लाख सहयोग गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
काठमाडौं - “धन्य हो सरकार ∕ अब यति भए बाँचिन्छ।” एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन्। उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन्।
“हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु।” लुम्बिनी, सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो। उनको भान्सामा तेल र नुन सकिएको थियो। एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाएकी छैनन्। उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी छिन्।