काठमाडाैं - सरकारले लकडाउनलाइ थप कडा बनाउने भएकाे छ । शनिबार बसेकाे मन्त्रीपरिषदको बैठकले लकडाउनलाइ कडाइका साथ पालना गराउने भन्दै आवत जावत ठप्प बनाउने निर्णय गरेकाे हाे । कैलालीमा एक स्थानिय महिलामा काेराेना संक्रमण देखिएपछि सरकारले सतर्कता बढाउने लगायतका कदम चालेकाे छ । सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्री समेत रहेका अर्थमन्त्री डा. यूवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषदका निर्णय सार्वजनिक गरेका हुन्।
काठमाडाैं - सरकारले नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । नेपालभित्रै बसोबास गर्दै आएकी धनगढीकी एक महिलामा कोराना देखिएपछि सरकारले संक्रमणको अवस्थालाई दोस्रो चरण भनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको लोकल ट्रान्समिसन देखिएकाले विदेशबाट आएका सबैलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न र सावधानीका सबै उपायहरु अवलम्बन गर्न आग्रह गरे । यसअघि आज दिउसो थप तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो जसमध्ये एक जना संक्रमित यात्राको कुनै इतिहास नभएकी धनगढीमै बसोबास गर्ने महिला थिइन् ।
काठमाडौं– नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। याे सँगै नेपालमा काेराेना सक्रमितकाे संख्या ९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र अर्की एक जना कैलालीकी महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीमा अहिले संक्रमण देखिएकी महिला यसअघि कैलालीमै संक्रमण देखिएका पुरुषका आफन्त हुन् । विदेशबाट आएका बाहेक नेपालभित्रै बसाेबास गर्दै आएकाे व्यक्तिमा काेराेना देखिएकाे याे पहिलाे पटक हाे ।
काठमाडौं राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ। विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो। निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए। “युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन्”, उनले भने। निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो। सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ।
भरतपुर– भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंका स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो।उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ। सबैको नमूना हेटौंडामा रहेको प्रयोगशालामा पठाइएको थियो। बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो।
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन्। नेकपाका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जनाएका हुन्। आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेको भन्दै श्रेष्ठले स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै सचिवालय बैठक बस्नु पर्ने बताएका हुन् ।
काठमाडौं महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ। छिमेकी मुलुकहरुमा फैलिएको रोगको सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी दिइसकेको छ। रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को आज ११औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ। अत्यावश्यक बाहेकको काम हुन सकिरहेको छैन।
मोरङ मोरोङमा ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो। शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। स्थानीयहरुको अनुसार विश्वव्यापी रुपमा फैलिएको ंकोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणको लागि नेपाल सरकारले जारी गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर यसलाई रोक्ने प्रयास गरेका थिए।
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताए। जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए।
सउल- एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ। एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो। यससँगै उक्त किट नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायमै छ।
एनआरएनए कोरियाले आज जानकारीपत्र जारी गर्दै नेपाल पठाउने भनिएको उक्त चार हजार किट २४ घण्टाभित्र नै सुरक्षितरूपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरिद गरिएको किट नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको र कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने जनाएको छ।