१.७७ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू, २ सय ५४ जना ‘रेड जोन’मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अहिलेसम्मा पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर २७ हजार बढीको कोभिड१९ परीक्षण भएको बताएका छन्।
२. कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकहरुलाई धन्यवाद
नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित युवती आज अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद दिएका छन्। उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत आरोग्यताको कामना सहित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बधाइ तथा धन्यवाद दिएका हुन्।
३. अब घरैमा पास, अस्पताल जान निःशुल्क एम्बुलेन्स
लकडाउनलाई प्रभावकारी बनाउनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ सुचना जारी गरेको छ। जारी सुचनाअनुसार अत्यावश्यक कामको लागि पास लिनुपरेमा जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नपर्नेगरी अनलाईन पासको व्यवस्था गरिएको छ।‘‘ई–पास सम्बन्धित व्यक्तिको मोबाईलमा म्यासेजको रुपमा घरमै प्राप्त हुने भएकाले पास लिन जिल्ला प्रशासन कार्यालयमा आउन वा टेलिफोन गरिरहनु पर्दैन’’, सुचनामा उल्लेख छ।
४.ज्वरो आएको बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा
बिरामी बोक्न अस्वीकार गरेको भन्दै धादिङमा एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काको अनुसार कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिमलाई रोक्न जारी लकडाउनको समयमा ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको हो।
५. मन्त्रालयको कुरा नटेरेको भन्दै सरूवा रोग विशेषज्ञमाथी कारवाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनसँग स्पष्टिकरण मागेको छ। सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा कार्यरत पुनले कोरोनाभाइरसबारे सञ्चारमाध्यममा धेरै बोलेको भन्दै कारवाहीको प्रकृया थालेको हो। उहाँले मिडियामा बोलेको मन्त्रीज्यूलाइ चित्त बुझेको थिएनुु, मन्त्रालयका एकजना अधिकारीले भने, मन्त्रालयकाे अनुमती नलिइकन बाेलेकाे भनेर रिसाउनुभएकाे हाे।
६.कोभिड–१९ कारण कोही भोकै बस्नु पर्दैनः सांसद बस्नेत
सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन्। अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिए।
७.विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कोरोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ। गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा नतिजा नेगेटिभ देखिएको हो। जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कारोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
८.अमेरिकामा लकडाउनविरुद्ध प्रदर्शन
अमेरिकामा कोरोना भाइरस संक्रमणको रोकथामको लागि गरिएको लकडाउनको विरोध गर्दै युवाहरु प्रदर्शनमा उर्तिएका छन्। सिएनएनको अनुसार मिशिगन, मिन्नेसोटा, केंटुकी, उटाह, नर्थ क्यारोलीना, ओहियो राज्यमा प्रदर्शन भइरहेको छ। लकडाउनको कारण अर्थतन्त्रमा असर पर्ने भन्दै कुनै राज्यमा रिपब्लिक गर्भनर र कुनै राज्यमा डेमोक्र्याटिक पार्टीले प्रदर्शन गरेका हुन्।
९.कोरोनाको कारण अमेरिकामा भन्दा चीनमा बढी मानिसको मृत्यु भएको छः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ९कोभिड–१९० को कारण अमेरिकामा भन्दा बढी चीनमा मानिसले ज्यान गुमाएका बताएका छन्। कोरोना भाइरसको माहामारी झन् झन् बढीरहेको बेला उनले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना भाइरसको कारण अमेरिकामा भन्दा चीनमा बढीको मृत्यु भएको बताएका हुन्।
१०.अब फेसबुक स्टोरिज तीन दिनसम्म राख्न सकिने
अब फेसबुक स्टोरिज तीन दिन सम्मका लागि राख्न सकिने छ। हालसम्म फेसबुकमा प्रयोगकर्ताले २४ घन्टामात्र हेर्न मिल्ने गरि आफ्नो स्टोरिज राख्दै आएका छन्। तर अब भने यसको समय अवधि तीन दिन अर्थात ७२ घन्टा पुर्याउन लागिएको हो। त्यसका लागि फेसबुकले हाल सिस्टम परीक्षण गरिरहेको चिनियाँ डेभलपर जेन म्यानचुन वाङले खबर सार्वजनिक गरेकी छिन्। उनले आफ्नो ट्वीटरमार्फत फेसबुकको पछिल्लो अपडेटबारे जानकारी गराएकी हुन्।
११.आईफोन एसई लन्च भएसँगै आईफोन ८ को बिक्री बन्द
एप्पलले आईफोन ८ को बिक्री बन्द गरेको छ। कम्पनीले नयाँ मोडेलको आईफोन लन्च गरेसँगै आफ्नो पुरानो मोडेललाई बन्द गर्ने गर्दछ । जसकारण कम्पनीले आफ्नो नयाँ आईफोन ९ अर्थात आईफोन एसई २०२० सार्वजनिक गरेसँगै आईफोन ८ को बिक्री बन्द गरेको हो । नयाँ आईफोन एसईको डिजाईन कम्पनीको आफ्नै आईफोन ८ सँग धेरै हदसम्म मिल्दोजुल्दो छ । हेर्दा आईफोन ८ जस्तै देखिए यसको आन्तरिक डिजाइन भने आईफोन ११ सिरिजको आधारमा डेभलभ गरिएको कम्पनीले जनाएको छ ।