१.पछिल्लाे २४ घण्टामा दुइ सय १३ जनामा काेराेना संक्रमण पुष्टी
पछिल्लो २४ घण्टामा नेपालमा दुइ सय १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङमा यसकाे पुष्टि गर्दै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको जानकारी दिए। संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरूष रहेका छन् भने २ सय ३६ जना महिला रहेका छन्।
२.जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष राखिने
जनता समाजवादी पार्टी (जसपा)मा तीन अध्यक्ष रहने भएको छ। समाजवादी र राजपाका शीर्ष नेताहरु बिच भएको आइतबार (आज)को बैठकले राजपाका महन्थ ठाकुर, समाजवादीबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने भएका हुन्।
३. थप १ सय २ जना डिस्चार्ज, निको हुनेको संख्या ४ सय ६७
पछिल्लाे २४ घण्टामा थप १ सय २ जना डिस्चार्ज भएका छन्। याे सँगै डिस्चार्ज हुनेकाे सँख्या ४ सय ६७ पुगेकाे छ। स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देबकाेटाका अनुसार देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन्। जसमध्ये २ महिला र एक सय जना पुरुषहरु रहेका छन्।
४. गृह मन्त्रालयले प्रहरीलाई मधेसीमुक्त बनाउन खोज्याे – सांसद प्रदिप यादव
गृह मन्त्रालयले नेपाल प्रहरीलाई मधेसीमुक्त बनाउन खोजेको जनता समाजवादीका यूवा नेता तथा सांसद प्रदिप यादवले बताएका छन्। आइतबार प्रतिनीधी सभा बैठकमा बोल्दै उनले पछिल्लो समय नेपाली प्रहरीका अधिकृतहरुको बढुवामा गृहले विभेदकारी रवैया अपनाएको उनले दावी गरे।
५. एमसीसीबारे छलफल गर्न भोली नेकपाको सचिवालय बैठक बस्दैँ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न भोलि (सोमबार) सचिवालय समितिको बैठक बोलाएको छ। नेकपाका अध्यक्षद्धयबिच आज (आइतबार) दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूकाे भेटवार्ता पछि भोली अपराह्र ४ बजे नेकपा सचिवालय समितिको बैठक बस्ने निर्णय भएको हो।
६. तपाईलाई डिभी पर्यो भन्ने म्यासेज साँचो होईन् – अमेरीका दुतावास
अन्य मुलुकका नागरिकहरुलाई आवासिय भिसा दिनका लागि खुलाईने ईलेक्ट्रिक डाईभर्सिटि भिसा (इडिभी)को नतिजा शनिबार राती सार्वजनिक भएको छ। ईडिभीको नतिजा सार्वजनिक भएलगत्तै नेपालस्थित अमेरीकी दुतावासले एउटा सन्देश जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ।
७. इन्धनको मूल्य घटेपछि हवाई भाडामा भारी छूट
हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।
८. स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी अब डा. जागेश्वर गौतमले सम्हाल्ने भएका छन्।स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका हुन्। मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। उनलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।
९. बिरामीमा कोरोना देखिएपछि प्रहरी अस्पताल सिल
काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेपछि अस्पताल सिल गरिएको छ । शनिबार काठमाडौंमा चार जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये तीन जना प्रहरी अस्पतालमा उपचाररत बिरामी थिए ।
१०. कुटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।