नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका छन् ।
दुबै नवनियुक्त आईजीपीलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सोमबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिषदले आइतबार उनीहरुलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।
सिंह गत महिना एआईजीमा बढुवा भएका थिए । सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ । सिंहले २०४९ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए ।
अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए ।
नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विवादमा परेको छ ।