१.सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह
नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ। युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक विज्ञप्तिमार्फत वर्तमान विषम परिस्थितिमा केही समयका लागि बन्द हुन पुगेका सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीको अवस्थालाई समेत ध्यानमा राखेर आर्थिक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताएका हुन्।
२. कोरोना संकट स् राधेराधेको १७ तले भवन अब खाद्यान्न भण्डार
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ। कोभिड–१९ को विश्व महामारीको चपेटामा परिरहेका अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलिन थालेपछि सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अवधि लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामग्री भण्डारण गर्ने भएको हो।
३. पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना परीक्षण हुँदैः स्वास्थ्य मन्त्रालय
पाटन अस्पताल र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज ९सोमबार० आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ती तीनजनाको अहिले परिक्षण भईरहेको र परीक्षण रिपोर्ट आएपछि पुन जानकारी दिने बताएका छन्।
४. कोरोनाको त्रासका कारण जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या
जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफरले आत्मा हत्या गरेका छन्। उनका नजीकका एक अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण राज्यमा आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा भएका कारण उनले आत्माहत्या गरेका हुन्। फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो।
५. एक लाख नगद र लागुऔषधसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन्। त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
६. यस्ता छन् कोरोनाभाइरस सम्बन्धि भ्रम र यथार्थ
कोरोनाभाइरसको महामारीका कारण अहिले विश्वका अधिकांस देश तनावमा छन्। चिनको वुहान शहरबाट शुरु भएको यो भाइरसको फैलावटको गति निकै तिब्र छ। करिब ३ महिनाको अवधिमा यसले १ सय ९९ वटा देशका झण्डै ७ लाख ३४ हजार मानिसहरुलाई संक्रमित तुल्याएको छ भने यो समाचार तयार पार्दासम्म ३४ हजार ८ सय ४७ जनाको ज्यान लिइसकेको छ। अहिले हरेक मानिषको मन, मस्तिस्कमा बसिसकेको छ ‘कोरोना’। कसैले खोक्यो या हाच्छ्युँ गर्यो भने मात्र पनि कोरोना भएको हो किरु भन्ने शंकाले मानसिक तनाब बढाईरहेका हुन्छन्।
८. लकडाउनको आदेश उल्लंघन गरी जुवा–तास खेल्ने ११ जना पक्राउ
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गरी जुवा–तास खेल्ने ११ जना पर्सामा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट जुवा खेलिरहेको अवस्थामा ५७ हजार २ सय ९० रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको हो।