कोरोनाभाइरसको महामारीबाट विश्व नै तरङ्गित भइरहेका बेला नेपालमा पनि यसले गतिलै हलचल ल्याएको छ। एकातिर कोरोनाभाइरसले निम्त्याएको लकडाउनका कारण आमजनजिवन अस्तव्यत छ भने अर्कातिर कोभिड–१९ को टेष्ट र उपचारका लागि चिनबाट झिकाउन लागिएको स्वास्थ्य सामग्री खरिद प्रकरणमा देखिएको अव्यवस्थितपनाले नेपाली राजनितीक वृत्तमा खैलाबैला मच्चिएको छ।
सारा बिश्व कोरोनाभाइरसबाट कसरी पार पाउने भनेर घोत्लीईरहेका बेला नेपालमा भने लाजमर्दो वहस शुरु भएको छ– स्वास्थ्य सामग्री खरिद प्रकृयामा भ्रष्टाचार।
यति बेला कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल लगायत विश्वका थुप्रै मुलुकहरु लागिपरेका छन्। धेरै राष्ट्रहरु हाल लकडाउनको अवस्थामा छन् भने कुल जनसंख्याको झण्डै एक चौथाई मनिसहरु घर भित्र थुनिन बाध्य छन्। यसले कोरोना माहामारी नियन्त्रणका लागि महत्वपूर्ण भुमिका खेल्छ, यद्यपि यसबाट आर्थिक क्षेत्रमा पुग्ने असर अकल्पनिय हुने अनुमान शुरु भइसकेको छ।विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको छ। कोरोना भाइरसको द्रुत फैलावटसँगै यसबाट बच्ने उपाय, महामारीको अन्त्य, कोरोना भाइरसको मृत्यु लगायतबारे सुचनाहरु पनि तिब्र गतिमा फैलिरहेका छन्। यसै क्रममा तापक्रम बढेर ३० डिग्री सेल्सियस पुगेपछि अर्थात् गर्मी लागेसँगै कोरोना भाइरसको संक्रमण कम हुँदै जाने सूचना यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
कोरोना भाइरसको त्रासबिच कपिलवस्तुको गुगौलीको गाउँमा केहीबेर अघिदेखि भीषण आगलागी भएको छ। प्रहरी निरिक्षक मधु नेपालको अनुसार जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा झण्डै ४० घर जलेर नष्ट भएको छ। प्रहरीले आगो निभाउन लागेको र ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको बताएको छ। मानवीय क्षति भने हालसम्म भएको पाइएको छैन। तर अन्न र धनमाल क्षति भएको छ। आगलागीको कारण पत्ता लागेको छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अत्यावस्यक मेडिकल सामग्री खरिद प्रकरणमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।कांग्रेस सभापती शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनुसन्धान र कारवाही प्रक्रियामा सघाउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । सभापती देउवाले यस्तो बेला खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने काम गरेको टिप्पणी समेत गरेका छन् ।
प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ। कोरोना संक्रमणको राेकथामका लागि सरकारले गरेकाे लकडाउन चैत २५ गतेसम्म लम्बीएपछि सुचना टाँसेर बैठक स्थगित गरिएकाे हाे । अर्काे बैठक चैत ३० गतेका लागि बाेलाइएकाे छ। संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्। कोभिड १९ को सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको नमुना परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको बताएकाे छ।आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा संक्रमण पुष्टि नभएको स्पष्ट पारेका हुन् । यसअघि गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयलाइ उदृत गर्दै कास्कीमा एकजनामा काेराेनाकाे टेष्ट पाेजिटिभ आएकाे समाचार संचार माध्यमहरुमा आएकाे थियाे ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को खोपको सफल परिक्षण भएको अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ खोपको सफल परीक्षण गरिएको जानकारी दिएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले यो खोपको परिक्षण मुसामा गरिएको र सो खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको बताएका छन्।
भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ। परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ।अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो। अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए।
चिनबाट नेपाल आएको सामान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा नै रोकीएको छ। अख्तियारले कोरोना भाइरससम्बन्धित सामग्रीहरु गुणस्तर नजाँचिकन प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका कारण सामान भन्सारमै रोकीएको हो।वायू सेवा निगमको ४१७२ नम्बरको विमानबाट राती २ बजेर ५३ मिनेटमा विमानस्थलमा आइपुगेको विभिन्न कम्पनीहरुको सामान अहिलेसम्म पनि विमानस्थल भन्सारमै थन्किएको छ।
मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्। ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए।
नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ। यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर आएदेखि नै संस्थाको सुधार र सुशासनमा जोड दिँदै आउनु भएका कुलकमान घिसिङको सबल नेतृत्व र उनलाई सदैव काम गर्न मार्ग निर्देशन गरिरहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको राजनीतिक नेतृत्व एवम् आड भरोसाका कारण प्राधिकरणले ठूलो मुनाफा गरेको हो।