१. नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो
उदयपुरमा आज मात्रै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या ४० पुगेको छ। उदयपुरको मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
२. राजपा भन्छ, ‘‘तत्काल अध्यादेश खारेज गर’’
राष्ट्रिय जनता पार्टी ९राजपा०ले सरकारले सोमबार ल्याएको अध्यादेश तत्काल खारेज गर्न माग गरेको छ। राजपाले अध्यादेश ल्याउने निर्णय अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार भएको भन्दै भत्र्सना गरेको छ। राजपाका संयोजक सरतसिंह भण्डारीले मगंलबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘‘सम्पुर्ण विश्व नै कोरोनाको महामारीबाट थलिएको बेला गरिएको असामयिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको छ।’’ अध्यादेश ल्याउने सरकारको निर्णय समग्र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको राजपाको ठहर छ।
३.कुहिएको दाल बेच्ने कलैयाका मेयर पक्राउ
बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ परेका छन्। राहत बाढ्नका लागि कुहिएको दाल वडाध्यक्षहरुलाई विक्रि गरेको पाईएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए।
४.राजनीतिक परिस्थितिबारे छलफल गर्दै नेपाली काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
५. प्रदेशको नेतृत्व पाएसँगै नेपाल प्रहरी थप चलायमान हुने अपेक्षा
नेपाल प्रहरीको सातमध्ये छ प्रदेश कार्यालयमा प्रमखु रिक्त हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान चुनौतीपूर्ण अवस्थामा कुनै न कुनै रूपले सेवा प्रभावित भएको थियो। सरुवा, बढुवा र अवकाशप्राप्त भएपछि प्रदेश प्रमुख खाली हुनपुगेको हो। ती कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० कार्यवाहक रहने गरी चल्दै आएका थिए। शान्ति सुरक्षामा ‘फ्रन्ट लाइन’मा उभिने प्रहरीमा उचित नेतृत्वको आवश्यकता पर्छ। यद्यपि नेपाल प्रहरीले सेवामा कुनै कमी हुन नदिएको जनाएको छ।
६. सीमा सुरक्षाका लागि स्वयंसेवक परिचालन
रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आवतजावत बढेपछि स्वयंसेवक परिचालन गरिएको स्थानीय पालिकाले बताएका छन्।
७.सेनाले पूरा गर्यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया
नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ। सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि चीनबाट स्वास्थ्य सामग्री र औषधि काठमाडौं आइपुग्न भने अझै दुई साता लाग्ने भएको छ। मन्त्रिपरिषद् बैठकले चैत १६ मा सेनालाई सरकार–सरकार ९जीटुजी० प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधि खरिद गरेर ल्याउन जिम्मा दिने निर्णय गरेको थियो। सोहीअनुसार सेनाले करिब तीन साता लगाएर खरिदको सम्पूर्ण आन्तरिक काम पूरा गरिसकेको छ।
८.बल्ल पाए मजदुरले राहत
जिल्ला सदरमुकाम मार्तडी बजारमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकले बल्ल राहत पाएका छन्। मार्तडी बजार क्षेत्रमा दैनिक सामान ओसारपसार गरेर तथा अरुकै कामको भरमा परिवारको गुजारा गर्दै आएका मजदुरले लकडाउनपछि काम नपाउँदा गुजारा टार्न समस्या पर्दै आएको थियो। बडिमालिका नगरकार्यपालिकाले उनीहरुको पहिचान गरी २६ जना मजदुरलाई राहत सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताएका छन्।
९.शव गाड्ने दुई जना पक्राउ
इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए।
१०.चट्याङबाट दुईको मृत्यु, सात घाइते
दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्। चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन्। घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन्।
११. महोत्तरीमा १७ हजार लिटर अवैध मदिरा नष्ट
कोेरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ। लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो। जिल्लाको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो।