सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।
सरकारले अन्तराष्ट्रिय सिमा नाकामा हुने आवागमनमा बैसाखकाे अन्त्यसम्म राेक लगाएकाे छ । मन्त्रिपरिषदकाे आइतबार बसेकाे बैठकले सिमा नाकाकाे आवागमनमा लगाइएकाे राेक बैसाख ३१ गतेसम्म थपेकाे हाे ।
सरकारले इपिएस अन्तर्गत दक्षिण कोरिया जाने कामदारका लागि बाटो खोलीदिएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले लकडाउनकै समयमा पनि भिसा आइसकेका कामदार पठाउने निर्णय गरेको हो ।
झापामा आइतबार एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। यो सँगै संक्रमितको संख्या ५२ पुगेको छ। झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
नेपालमा कोरोना संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ। आइतबार अपरान्ह ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म निको भएर घर फर्कनेको संख्या १६ पुगेको छ । वीरगञ्जको नारायणी उप(क्षेत्रीय अस्पतालमा उपचाररत चार जना संक्रमितको चौथो र पाँचौं परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पूर्वप्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन्। पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै डा। बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका जनता समाजवादी पार्टीका नेताहरु आइतबार उजुरी दिन परिसर पुगेका हुन्।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन्। गैरआवासीय नेपाली संघ९एनआरएन०, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ। समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई प्रत्राचार गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस ९कोभिड–१९० को विषयमा गर्ने नियमित पत्रकार सम्मेलन बिचमा नै रोकेका छन्। बीबीसीको अनुसार ट्रम्पलाई उनको सल्लाहकारले आगामी निर्वाचनमा कोरोनाबारे गरिने दैनिक प्रेस ब्रिफिङले असर पार्नसक्ने राय दिएपछि उनले आफ्नो नियमित पत्रकार सम्मेलन रोक्ने निर्णय लिएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरे।
कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि रुकुमपश्चिमका दुई नगरपालिकाले आफ्नै क्वारेन्टाइन तथा आइसोलेसनको भवन निर्माण सम्पन्न गरेका छन्। आठविसकोट नगरपालिकाले रु ७० लाख बराबरको खर्चमा १२ शैंयाको क्वारेन्टाइन निर्माण गरेको निर्मित प्रमुख प्रशासकीय प्रमुख ध्रुवप्रसाद लम्सालले जानकारी दिए।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ। हिमालयको न्यारोबडी जहाज आज साँझ ५स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ। चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ। हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर सोमबार काठमाडौँ आइपुग्नेछ।
के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ रु सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ रु यदि छ भने तपाईँलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउनसक्छ।
फेसबुक म्यासेन्जरमा भएको भिडियो कल सेवामा एउटा नयाँ र फरक विषेशता थपिने भएको छ। अब म्यासेन्जरमा एकै पटक ५० जना भन्दा बढीले भिडियो च्याट गर्न सक्ने छन्। “म्यासेन्जर रुम” नाम दिइएको यो सेवामा सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु पनि गर्न सकिने छ।म्यासेन्जर रुममा असिमित समयसम्म कुराकानी गर्न सकिने छ यसको लागि कुनै समयसिमा तोकिएको छैन।