मुक्तक – १
औधी विश्वास गरेको थिएँ मायामा भुलेर
मुटुभित्र तिमीलाई भरेको थिएँ मायामा भुलेर
खुसीको बाटो खोजी साथ छोडी हिँडेछौ तिमी
सुन्तलीको भट्टीमा परेर मरेको थिएँ मायामा भुलेर ।
मुक्तक – २
मरी जाने दुई दिने चोलालाई मनभरी सजाऊँ
पञ्च तत्वको शरीरलाई हाँसेर रंगीन बनाऊँ
के थाहा प्राण शरीरबाट कुन बेला छाडेर जानेछ
त्यसैले जिवनको प्रत्येक पल सु–कर्ममा समर्पण गराऊँ ।।
– जुन प्रधान
मार्घेरिटा, तीनसुकिया भारत
नेपाली पब्लिकको थप विशेष साहित्यिक प्रस्तुती: