मुक्तक – १
बाल, वृद्ध, युवा, प्रौढ सबैमा त्रास भरेको छ,
अस्पताल नै पुगे पनि बाँच्ने आशा मरेको छ
गाउँ, शहर हुँदै देश नै चुँड्न लाग्यो कोरोनाले,
कठै १ शवले पनि जल्न पालो कुर्नुपरेको छ ।
मुक्तक – २
मार्नु हुन्न आस्थाको फूल गोडमेल गरी बार्नुपर्छ,
ज्ञान, ध्यान, चिन्तनद्वारा बुद्धि, विवेक खार्नुपर्छ
समय, संघर्ष र सम्झौतालाई अँगाल्दै जिन्दगीमा,
हर कोहीले आफ्नो चोला सार्थक पार्नुपर्छ ।
मन्दा पौडेल
दाङ्सिङ्–३, नुवाकोट
हालः काठमाडौं ।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: