मुक्तक – १
माया बोक्ने कहीँ कतै भाँडो पाइँदैन
यति गहिरो छ कि साँच्चै डाँडो पाइँदैन
म जस्तो प्रेमी पाउन पाउँदैनौ त भन्दिन
पाइएला तर भने जस्तो चाँडो पाइँदैन ।
मुक्तक – २
तिम्रो मनमा मेरो नाम टिपाइ देऊ प्रिय
मेरो केही भूल भए देखाइ देऊ प्रिय
कति दिन एक्ला–एक्लै बाँच्न सक्छौं र ?
आफ्नो ठानी मेरो समीप आइदेऊ प्रिय ।
– अनुप खतिवडा जिज्ञासु
मोनाबारी गाउँ, विश्वनाथ, असम, भारत
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: