मुक्तक – १
ख्याल ख्याल होइन यतिखेर दुरी याद राखौँ
घरको मात्र हैन संसारकै मजबुरी याद राखौँ
कोरोनासँग संयमताले जित्नु छ कठिन युद्ध,
गर्धनमाथि नै झुण्डिएको खुकुरी याद राखौँ !
मुक्तक – २
थोरै खाए लाभ धेरै खाए हानी यहीँ भन्छ घिउले पनि
घामको झुल्कोमा हिमाल हेरे उर्जा दिन्छ हिउँले पनि
निरर्थक केही छैन संसारमा केवल मनमा उत्साह भए
उम्रेर धर्ती सजाउन चाहन्छ एउटा सानो बिउले पनि !
– मिना चौलागाईं
काभ्रे–पाँचखाल, बनेपा ।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: