साहित्यिक गतिविधिमा असमेली मुक्तक मञ्चको सक्रियता लोभलाग्दो छ। स्थापना भएको छोटो समयमा नै यसले साहित्य प्रेमीहरूको मनमस्तिष्कमा गहिरो छाप बनाउन सफल भएको छ।
साहित्यकार अनुप शर्माको पहलमा स्थापना भएको मञ्चले निरन्तर रुपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। यतिमात्र होइन, मञ्चले साहित्यिक कृतिहरू पनि प्रकाशन गर्दै आएको छ।
‘असमेली नेपाली मुक्तक सँगालो’ मञ्चले प्रकाशन गरेको कृति हो। सन् २०१९ मा अनुप शर्मा र हेमन्त भट्टराईको सम्पादनमा ९६ जना मुक्तककारहरूको ३८४ वटा मुक्तकहरू संकलन गरि संयुक्त मुक्तक संग्रह प्रकाशन गरिएको हो।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: