मुक्तक – १
आज समग्र विश्वमै मृत्युको कालो बादल छाएको छ
लाग्छ जीव श्रेष्ठले आफ्नै कर्मको फल पाएको छ
जात–पात, धनी–गरिब केही हेर्दैन हजुर यसले
मानौं महामारीको रूपमा स्वयम् काल आएको छ ।
मुक्तक – २
एकताको डोरीले मनसँग मनलाई सिउन जान्नुपर्छ
हिंसा–निन्दा त्यागी प्रेमरूपी अमृत पिउन जान्नुपर्छ
जात–पातमा के राख्या छ हजुर १ कर्मले ठूलो बन्नुस्
पहिचानले मान्छे हौं हामी, मान्छे भई जिउन जान्नुपर्छ ।
– प्रतिमा ढकाल
बेगीजान, असम, भारत
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: