मुक्तक – १
अरूको खुसीमा कहिल्यै भाँती हाल्नुहुँदैन
तितो व्यवहारले कहिलै मित्रता फाल्नुहुँदैन
दुई दिने जीवन यो सबैको खुसीमै बितोस्
कसैको निम्ति शत्रु भावना पाल्नुहुँदैन।
मुक्तक – २
अरू रोएकोमा आफू हाँस्ने नगर्नु
मैलो मन राखी साहिनो गाँस्ने नगर्नु
समय फर्किँदा पालो तिम्रो पनि पर्ला
आफ्नो गल्तीमा अरुलाई टाँस्ने नगर्नु।
- पूजा आचार्य
कुसुमतोला,असम, भारत
नेपाली पब्लिकको थप विशेष साहित्यिक प्रस्तुती: