मुक्तक – १
सहर, बजार छोडी फेरि गाउँतिरै लाग्ने बनायो
कहीँ कसैले देख्नै हुन्न लुकिछिपी भाग्ने बनायो
आफू त दिनभरि कमाएर बेलुका खाने मान्छे
कमाउनै दिएन कोरोनाले साँच्चै माग्ने बनायो ।
मुक्तक – २
रोगको मात्र होइन शोकको खोप चाहियो सरकार
नखाई बस्न सकिनँ भोकको खोप चाहियो सरकार
महामारी र दैवी प्रकोपले पालैपालो सताउने गर्छ
नेपालमा अब सबै थोकको खोप चाहियो सरकार ।
– विन्दामाया तामाङ
चिसङ्खुगढी–७, ओखलढुङ्गा ।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: