मुक्तक – १
बिरामी भएकी आमालाई आफ्नै छोराले छुन सकेन
आमाको काख सिरानी बनाई मनको बह धुन सकेन
मूल्यहीन भयो धनसम्पति असक्षम भयो विज्ञान पनि
दुःख पर्दा एकले अर्कोलाई अँगालो मारेर रून सकेन ।
मुक्तक – २
पुजिन्छ मानिस असल विचार अनि शुद्ध कर्मले
हुँदैन कोही ठूलो जात, भात, भाषा, भेष र धर्मले
आफ्ना पीडा बिर्सिएर अरूको भलो उसैले सोच्छ
जसको हृदय रुन्छ, अरूको दुःख, वेदना र मर्मले ।
– देवी कार्की,
चितवन
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: