मुक्तक –१
विज्ञानको नि कोरोनामाथि राज चलेन
ठप्प भयो कारखाना कामकाज चलेन
आमा रुन्छिन् भेट नभइ मरिन्छ कि भन्दै,
घर जान खोजेँ, रोकिएको जहाज चलेन ।
मुक्तक –२
उच्छृङ्खल थियौं र छौं, अध्येता तिमी होइनौं मित्र
मेरै ओतले चम्केका हौं, प्रणेता तिमी होइनौं मित्र
षड्यन्त्रको जालो बुनी बुनी पछाडिबाट भाला उनी
यद्यपी, खेल त जित्यौं तर विजेता तिमी होइनौं मित्र ।
– निर्दोष शिव
जैमिनी–८, छिस्ती बाग्लुङ ।
हालः दक्षिण कोरिया ।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: