मुक्तक – १
बाँच्न पाऊँ भन्ने केवल एक मात्र छ रहर मान्छेलाई
लहर बनी आइरहेको छ जीवाणु जहर मान्छेलाई
मृत्युसँग लडेका छन्, अस्पतालका शय्या शय्यामा
विश्वयुद्ध भन्दा कम छैन कोरोना कहर मान्छेलाई ।
मुक्तक – २
घडी समय सूचक हो घडी स्वयं समय होइन
मृत्यु आखिर मुक्ति हो मृत्यु कुनै भय होइन
असल कार्य गर्न नछोडौं पराजित भए भन्दैमा
मान्छे भएर जन्मेपछि बाँच्नु मात्र विजय होइन ।
– प्रदीप प्रखर पोखरेल
रेसुङ्गा नगरपालिका–१४, गुल्मी
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: