मुक्तक – १
जब पृथ्वीको तराजुमा धर्म भन्दा पाप भारी हुन्छ
त्यो बेलामा ईश्वरको रूप अत्यन्तै सम्हारी हुन्छ
ईश्वरको सृष्टिलाई जब औधी लल्कार्छ मान्छेले,
हजारौं मान्छेको सृष्टि, विनाशकारी महामारी हुन्छ ।
मुक्तक – २
धामी–झाँक्री आज पनि चलेका छन् हाम्रो समाजमा
दाइजोको निहुँमा बुहारी जलेका छन् हाम्रो समाजमा
कुरीति र शोषण अहिले पनि उस्तै नै देखिन्छ हजुर,
न्याय किनबेच गरी आँखा छलेका छन् हाम्रो समाजमा ।
– मीनादेवी फयेल
तेलिचुङ्गा गहपूर, असम, भारत
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: