मुक्तक – १
महामारी फर्केर फेरि उर्लेर आयो समुद्री छाल जस्तो
मान्छेको शवले भरियो घाट बन्दैछ ब्रम्हनाल जस्तो
लिङ्ग, धर्म, वर्ग, उमेरमा भेद गरेन सबैको थिच्यो घाँटी
निष्पक्ष रहेछ कोरोना, रहेनछ व्यापारी, नेता दलाल जस्तो ।
मुक्तक – २
जहाँ निश्छल प्रेमको जन्म हुन्छ, त्यहाँ देवताको बास हुन्छ
युगौँयुग जीवन जिउने मन मस्तिष्कमा रहर र आश हुन्छ
तर हत्या हिंसा अहंकारको भावना जनमनमा जागृत भए
विश्वका सम्पूर्ण प्राणीको अस्तित्व र सम्बन्ध सर्वनाश हुन्छ ।
– धर्मिला कार्की
महाराजगञ्ज, काठमाडौं ।
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: